काठमाडौं, २१ जेठ । एनसेलले पूँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ सरकारलाई भुक्तनी गरेको छ । आज अाइतबार ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा झण्डै १३ अर्ब रुपैयाँ बराबरको दाखिला गरेको हो ।
लामो समयदेखिको विवादलाई छिचोल्दै एनसेलले कर दाखिला गरेको कार्यालय स्रोतले जानकारी दियो ।
एनसेलले यसअघि पनि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको थियो । लामो समदेखि कर तिर्ने/नतिर्ने विषमा बहस भइरहँदा एनसेलले झण्डै थप १३ अर्ब कर दाखिला गरेको हो ।
स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो ।
खरिद प्रक्रिया टुंग्याए पनि कर तिर्न एनसेल तयार भएको थिएन । तर, विभिन्न स्तरको दबाव तथा एक्जियटाको अग्रसरतामा एनसेलले ९ अर्ब बढी पूँजीगत लाभकर तिरेको हो । अनलार्इन खवर बाट