आज प्रधानमन्त्री निर्वाचन, एमालेकाे संसद अवरोध रहे पनि निर्वाचन हुन सक्छ

अनलाइन दर्पण 2017-06-03
img

काठमाडौं, जेठ २१ । प्रधनमन्त्रि पुस्प कमल दाहाल प्रचण्डकाे राजिनामा पस्चात दलहरु सहमतिय सरकारकाे लागि जुटे पनि सहमतिय सरकार बन्न नसके पछि व्यवस्थापिका संसद्ले नयाँ प्रधानमन्त्रीको निर्वाचन आजका लागि तय गरेको छ ।

तर, दोस्रो ठूलो दल नेकपा एमालेले भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै संसद्मा अवरोध जारी राख्ने निर्णय गरेको छ । यस्तो अवस्थामा आइतबारका लागि तोकिएको प्रधानमन्त्री निर्वाचन अन्योलमा छ ।

संविधान तथा नियमावलीका आधारमा सभामुख ओनसरी घर्तीलाई संसदको प्रक्रिया अगाडि बढाउने अधिकार छ । बैठकको विषयमा सभामुख आफैंले निर्णय लिन सक्नेछिन् ।

संसद्का कानूनी सल्लाहकार अर्जुनकुमार खड्काले विपक्षीहरुले संसद् चल्नै नदिई अवरोध पुर्याएमा सभामुखले बैठक सञ्चालनमा के गर्ने भन्ने उपयुक्त निर्णय लिन सक्ने बताए ।

विपक्षीहरुको अवरोधबीच सभामुखले प्रक्रिया अगाडि बढाउन पनि सक्छिन् । तर, यसो गर्दा अप्रिय घटनासमेत हुने सम्भावना रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Advertisement