काठमाडौं, जेठ १९। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठनकाे विषयमा गृहकार्य भइरहेकाे छ ।
यसै सन्दर्भमा कांग्रेस नेता रमेश लेखक ले एक अनलार्इन संग कुरा गरे अनुसार यदी देउवा नेतृत्वमा नयाँ सरकार गठन भएकाे खण्डमा गृह मन्त्रालय माओवादी केन्द्रले लिने छ भने अर्थ मन्त्रालय कांग्रेसले राख्नेछ भने अन्य मन्त्रालयको भागवण्डा हुन बाँकी छ ।
सम्भवतः हिजाे बिहीबार राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदलाई आह्वान गरेपनि प्रमूख प्रतिपक्षि दल एमालेले संसद अबरुद्ध गरेपछी संसदकाे कुनै पनि प्रक्रिया अगाडी बढ्न सकेन ।
भरतपुर घटनालार्इ लिएर एमालेले विराेध प्रसर्शन सँगै वुधवार बाट संसद नै अवरुद्ध पार्दै अाएकाे हाे ।
माओवादीले पूर्वसहमति अनुसार प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने बताइसकेको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि देउवा सरकारमा रहनेछ भने राप्रपा सकारात्मक देखिएको छ ।