आज २०८२ असोज ३० गते बिहीवार, तद्अनुसार १६ अक्टोबर २०२५ । आज कार्तिक कृष्ण दशमीm शुभ विष्टि, भद्रा अश्लेषा, विश्व खाद्य दिवस, सूर्योदय बिहान ०६ः०४ बजे, सूर्यास्त साँझः १७ः३४ बजे ।
आजको राशिफल
मेष राशि
मेष राशि भएकाहरुको आजको दिन व्यस्ततामा बित्ने छ । आजको अवस्था तपाईँको अनुकूल रहने छ । कुनै सम्पर्कमार्फत विशेष खबर पाइने छ, जुन तपाईँको भविष्यका लागि निकै फायदाजनक हुनेछ । रोकिएको पैसा पाइने छ । केही समय आफ्नो परिवार तथा निजी जीवनका लागि निकाल्दा सम्बन्धमा मिठास आउने छ । शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ ।
वृष राशि
वृष राशि भएकाहरुलाई सम्मान प्राप्त हुनेछ । मेहनतको उचित फल मिल्ने छ । व्यापार–व्यवसायमा वृद्धि हुनेछ । जोखिम लिन सक्ने साहस बढ्नेछ । लगानी शुभ रहने छ । शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।
मिथुन राशि
मिथुन राशि भएकाहरुको पुराना साथीहरूसँग भेटघाट हुनेछ । उत्साह बढाउने सूचना प्राप्त हुनेछ । अनावश्यक खर्च हुन सक्छ । स्वास्थ्यमा कमजोरी आउन सक्छ । आत्मसम्मान कायम रहने छ । शुभ रंग क्रीम हो भने शुभ अंक १ रहेको छ ।
कर्कट राशि
कर्कट राशि भएकाहरुको बेरोजगारी अन्त्य गर्ने प्रयास सफल हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । व्यावसायिक यात्रा फलदायक हुनेछ । सेयर बजारबाट फाइदा हुनेछ । शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ ।
सिंह राशि
सिंह राशि भएकाहरुले दुष्ट र ईर्ष्यालु व्यक्तिबाट सावधान रहनु होला । अनावश्यक खर्च बढ्न सक्छ । अपेक्षित काममा ढिला हुन सक्छ । आफ्नो काममा केन्द्रित रहनु होला । आम्दानीमा वृद्धि हुनेछ । शुभ रंग गुलवाी हो भने शुभ अंक ५ रहेको छ ।
कन्या राशि
कन्या राशि भएकाहरुको यात्रा फलदायी हुनेछ । रोकिएको रकम फिर्ता हुने सम्भावना छ । व्यापारिक लाभ प्राप्त हुनेछ । जागिरमा प्रशंसा पाइने छ । नयाँ योजनाहरू बनाउन अनुकूल समय छ । शुभ रंग बदामी हो भने शुभ अंक ५ रहेको छ ।
तुला राशि
तुला राशि भएकाहरुको सामाजिक कार्यमा सक्रियता बढ्ने छ । योजना सफल हुनेछन् । कार्यस्थलमा परिवर्तनको सम्भावना छ । व्यापारबाट लाभ मिल्ने छ । सेयर बजारबाट लाभ हुनेछ । आम्दानी बढ्ने छ । शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।
वृश्चिक राशि
वृश्चिक राशि भएकाहरुको प्रेम सम्बन्धमा अनुकूलता रहने छ । धार्मिक तथा आध्यात्मिक कार्यमा मन जानेछ । सरकारी अड्चन हटेर लाभदायक स्थिति सिर्जना हुनेछ । व्यापारिक लाभ हुनेछ । मन प्रसन्न रहनेछ। शुभ रंग आकाशे हो भने शुभ अंक ७ रहेको छ ।
धनु राशि
धनु राशि भएकाहरुलाई चोटपटक वा दुर्घटनाको सम्भावना छ, सावधानी अपनाउनु होला । बोलीमा संयमता अपनाउनु होला । कसैसँग विवाद अथवा मनमुटाव हुन सक्छ । आत्मसम्मानमा चोट पुग्न सक्छ । नकारात्मक विचारहरूबाट टाढा रहनु होला । शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ ।
मकर राशि
मकर राशि भएकाहरुको यात्रा लाभदायक हुनेछ । सरकारी सहयोग प्राप्त हुनेछ । जीवनसाथीको सहयोगले काम सहज हुनेछ । घरमा सुख–शान्ति कायम रहने छ ।नयाँ अवसरहरू हात लाग्नेछन् । शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ ।
कुम्भ राशि
कुम्भ राशि भएकाहरुको भौतिक सुख–सुविधामा खर्च बढ्ने छ । जागिरमा कामको प्रशंसा हुनेछ । स्थायी सम्पत्तिबाट लाभ हुने सम्भावना छ । भाग्य वृद्धिका प्रयास सफल हुनेछन् । शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
मीन राशि
मीन राशि भएकाहरुलाई पार्टी अथवा मनोरञ्जनमा सहभागी हुने मौका मिल्ने छ । रमाइलो वातावरणमा समय बित्ने छ । मनपर्ने खानाको आनन्द लिन पाउनु हुनेछ । रचनात्मक कार्य सफल हुनेछन् । व्यापारिक लाभ हुनेछ । शुभ रंग पहेँलो हो भने शुभ अंक २ रहेको छ ।