काठमाण्डाै महानगरपालिका विजेता विद्यासुन्दर शाक्य काे हुन ?

अनलाइन दर्पण 2017-05-28
img

काठमाडौँ, जेठ १४ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा कांग्रेसका उमेद्धार राजुराज जोशीलाई पराजित गर्दै नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् ।

राष्ट्रिय सभागृहमा जेठ १ गतेदेखि सुरु भएको मतगणनाको १४ दिनमा अन्तिम मतपरिणाम आएको हो । परिणाम सँगै शाक्य ५ वर्षका लागि महानगरको मेयर पदमा निर्वाचति भएका हुन् । उनले ६९८५० मत पाए भने निकटतम प्रतिदन्दि राजुराम जोशीले ४८७४३ मत पाएका छन् ।

 को हुन् शाक्य ?

काठमाडौँको लगनटोलमा विं.सं. २०२० जेठ ९ गते जन्मिएका हुन् । शाक्यका पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको भने निधन भैसकेको छ । हाल लगनटोलमै पत्नी सुचिता शाक्यसहित परिवारसँग बस्दै आएका शाक्यले भारत, चीन, थाइल्याण्ड, भुटान, उत्तर कोरिया, युएईलगायतका देशको भ्रमण गरिसकेका छन् ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गरेका शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।

राजनीति प्रतिष्ठा र समाज परिवर्तनका लागि गर्ने हो भन्ने अठोट बोकेर हिडेका शाक्यले अहिले जुन सफलता प्राप्त गरेका छन् उनी त्यसलाई निरन्तरको योगदान र निष्ठाको प्रतिफल हो भन्छन् । काठमाडौंको भित्रि सहरमा आफ्नो छुट्टै परिचय बनाउन सफल शाक्य काठमाडौँको नेवारी समूदायमा जन्मि–हुर्किएका हुन् । शाक्य ०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा सक्रिय बनेका हुन् ।

०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि उनले अग्रमोर्चामै उभिए सक्रिय भूमिका खेले । प्रजातन्त्रप्राप्तिको आन्दोलनका क्रममा निर्भीकतापूर्वक अग्रमोर्चामा रहेकै कारण पटक–पटक प्रहरीको निशानामा परेका शाक्य आफ्नो विचारमा अडिग रहिरहे ।

प्रजातन्त्र प्राप्तिपछि स्थापना भएको नेकपा (एमाले) को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हाले शाक्यले । त्यतिबेला काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उनको भूमिका उल्येख्य रहेको थियो ।

उनी ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षमा विजयी भएका थिए भने त्यसपछि करिब दुई दशकदेखि नेकपा (एमाले)को काठमाडौं जिल्ला कमिटीको विभिन्न जिम्मेवारीमा रहँदै आएका थिए ।

सम्बन्धित समाचार