लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री गिरीलाई मातृशोक

अनलाइन दर्पण 2023-11-22
img

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीलाई मातृशोक परेको छ । एमाले नेतासमेत रहेका गिरीकी आमा केशवकुमारी गिरीको उपचारका क्रममा ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

केशवकुमारीको पार्थिव शरीरको बुधबार तिलोत्तमा-१ निवासदेखि शवयात्रासहित तिलोत्तमा घाटमा अन्त्येष्टि गरिने एमाले रुपन्देहीले जनाएको छ । केशवकुमारीका लिला गिरीसहित शालिकराम, टेकन गरी तीन छोरा तथा दुई छोरी भगवती र सीता रहेका छन् ।

सम्बन्धित समाचार