काठमाडौं, जेठ २ । पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाका २८३ स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । केही ठाउँको अन्तिम परिणाम पनि आएइसकेको छ ।
स्थानीय तह चुनावमा अहिलेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले अगाडि देखिएको छ । प्रमुख पदमा एमालेले ७, माओवादी केन्द्रले ७ र कांग्रेसले ८ तथा स्वतन्त्र एक जनाले जितेका छन् ।
नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ
नवलपरासीको बुङ्दीकाली गाउँपालिका –दुर्गाबहादुर राना
मुस्ताङको थसाङ गाउँपालिका –बुद्धिप्रसाद शेरचन,
मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
नेकपा एमाले प्रमुख जितेका ठाउँ
डोल्पाको ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
डोल्पाको काइके गाउँपालिका – अंगद राना
मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले
मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
स्याङ्जाको फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी
माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ
जाजरकोटको शिवालग गाउँपालिका – लालबहादु थापा
जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही
एक स्वतन्त्र
मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्रका उम्मेद्वार राजु बिष्ट बिजयी हुनुभएको छ । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो ।