सुशील कार्की
बैशाख २८;काठमाडौ नेपाल कम्युनिस्ट आन्दोलन दोलखाको सस्थापक नेकपा(एमाले)केन्द्रिय पोलिट्ब्युरो सदस्य स्व.पसुपती चौलागाईंको दोस्रो स्मरण सभा नेकपा(एमाले)केन्द्रिय कार्यलय ,च्यासलमा सप्पन्न भयो उक्त सभाको अध्यक्षता जिल्ला अध्यक्ष क.नर बहादुर श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन राजेन्द्र मानान्धर र मंचको तर्फबाट श्रद्धाञ्जली मन्तव्य मञ्चको सचिब उमेश खड्काले राख्नु भएको थियो कार्यक्रममा केन्द्रिय महासचिव संखर पोख्रेल ,उप महासचिव बिष्णु रिमाल,भानुभक्त ढकाल ,आनन्द पोखरेल र पार्बत गुरुङ लगाएत नेताकार्यकर्ता लगाएत सर्बसाधरणको उपस्थिति रहेको थियो। कार्यक्रममा पसुपती चौलागाईंको कम्युनिस्ट आन्दोलनमा गर्नु भएको योगदान र दिएका जिम्मेवारी दृढता साथ पूरा गर्ने अलौकिक क्षमता रहेको पार्टी महासचिवले बताउनु भयो।कार्यक्रममा नर श्रेष्ठले पसुपती चौलागाईं स्मृति ग्रन्थ प्रकासन गर्ने र उहाको मार्ग निर्देशन अनुसार पार्टीलाई अगाडि बढाउने बताउनु भयो ।