उमेद्धारी फिर्ताकाे लागि नेपाल कम्युनिस्ट पार्टीकाे पत्र

अनलाइन दर्पण 2017-05-04
img

भक्तपुर, २१ वैशाख । स्थानिय निर्वाचनकाे खारेजी अभियानमा लागेकाे नेपाल कम्युनिष्ट पार्टी भक्तपुरले अाज  जिल्ला भरका सम्पूर्ण नगरपालिकाका उमेद्धारहरुलार्इ उम्मेद्धार फिर्ताकाे लागि अाह्वानसहित पत्राचार गरेकाे छ । 

१० वर्षे माअाेवादीकालिन जनयुद्धले मक्काएकाे स‌ंसदिय व्यवस्थामा हुने स्थानिय निर्वाचनकाे कुनै तुक नरहेकाे र यसकाे विकल्पमा जनसत्ता निर्माण गर्नुपर्छ भन्दै अभियान चलाएकाे ने क पा ले अाज पत्र पठाएकाे हाे । 

पत्र अनुसार उम्मेद्धारी फिर्ता लिर्इ इतिहासतर्फ फर्केर हेर्न र जनताकाे पक्षमा अाउन अाह्वान गरेकाे छ भने उम्मेद्धारी फिर्ता नलिए त्यसवाट अाउने परिणामकाे भागिदार अाफै हुनु पर्ने व्यहाेरा जानकारी गरार्इएकाे छ ।

सम्बन्धित समाचार

Advertisement