इडीभीको नतिजा यसरी हेर्नुहोस्

अनलाइन दर्पण 2017-05-02
img

काठमाडौं,बैशाख १९ । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) २०१८ को नतिजा मंगलवार राती सार्वजनिक हुने भएको छ । गत वर्ष भरिएको डीभीको नतिजा सार्वजनिक हुन लागेका हो । गत वर्षको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो । नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ ।

डिभी परे/नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । तर नेपाली समय अनुसार राति १० बजेपछि मात्रै नतिजा हेर्न सकिने छ । इस्टन डेलाइट टाइम (इडिटी) अनुसार दिउँसो १२ बजेपछि डिभीको नतिजा हेर्न सकिन्छ ।

इडिटी नेपालको समय भन्दा ९ घण्टा ४५ मिनेट ढिलो छ । दूतावासले फारम भरेका सबैलाई डिभी नपर्ने र परेकालाई पनि मापदण्ड पूरा गरेर मात्र अमेरिका लैजाने भएकाले हल्लाको पछि नलाग्न पनि आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Advertisement