शब्दकोशले लेख्य मानकको निर्धारण गर्दछ । वर्णविन्यासको आधार शब्दकोश हो । शब्दकोशलाई वर्णविन्यासको व्याकरण भनिन्छ । शब्दकोशमा तोडमरोड हुँदा वर्णविन्यास डामाडोल हुन्छ । लेख्य भाषाको स्वरूप अस्तव्यस्त र छिन्नभिन्न हुन्छ ।
लेख्य मानक पूरै भत्किन्छ । भाषाको लेख्य रूपको मानकीकरण वर्णविन्यास र अर्थनिर्धारणका लागि शब्दकोश तथा वाक्यविन्यासका लागि व्याकरणको लेखनबाट प्रारम्भ हुन्छ । भाषाको मानकीकरणको यात्रा यसै गरी अघि बढ्छ । नेपाली भाषाको लेख्य रूपको मानकीकरण पनि यही रूपमा भइआएको पाइन्छ ।
वर्णविन्यास र यसको मानकीकरणका सन्दर्भमा नेपाली बृहत् शब्दकोश २०७२ अहिले निकै विवादित छ । अघिल्ला संस्करणहरूमा प्रयोग भएका विकल्पका रूपमा रहिरहेका थुप्र्रै मानक शब्दलाई यसमा बिदा दिइएको छ ।
धेरै मानक शब्दको हिज्जेलाई काटेको, ताछेको र खुइल्याएको उदाहरण कोशभरि जताततै देख्न सकिन्छ । समग्रममा यो कोश पूरै विद्र्रूप बन्न गएको छ । सरलताका नाममा जटिलता थपिएको छ र अन्ततः यसले नेपाली भाषाको लेख्य रूपलाई निकै नै असहज र दुर्बोध्य बनाएको छ ।
कथ्य र लेख्यलाई नजिक ल्याएका छौ भनिएको छ तर उच्चारणसँग ठ्याम्मै नमिल्ने गरी, पढ्न नै नसकिने गरी मूल प्रविष्टिमा शब्दलाई काटकुट, ताछतुछ र बटारबुटुर पारेर राखिएको छ ।
नमुनाका लागि नेपाली बृहत् शब्दकोश २०७२ को पेज ६३९ हेर्दा स्पष्ट हुन्छ । यस कोशको पेज नं ६३९ मा पहिले प्रविष्टि नदिइएका द्विज, हरू, द्विजन्मा, द्विजाति, द्वितीय, भूगर्भ शास्त्र, मध्य जीवक, द्वित्व, हरू, हरू, द्विदल, द्विधा, द्विधातु, हरू, द्विप, द्विपक्षीय, द्विभुज, द्विमुखी, द्विरागम, द्विरुक्त, द्विरुढा, द्विवचन, द्विविध, द्विविधा, द्विबिन्दु, द्विशिर, द्विशीष, द्विपथ, द्विपद, द्विपाद, द्विबाहु, द्विभाषी शब्दहरूको प्रविष्टि र प्रयोग पाइन्छ ।
यी शब्दहरूको उच्चारण र यिनको लेखन नजिक होइन, निकै टाढा छ । यी अमानक शब्दहरू जसरी लेखिएका छन् त्यस रूपमा यिनको उच्चारण नहुने मात्र होइन, यी शब्दहरूको वाचन गर्न नै गाह्रो छ । यी अमानक शब्दहरू जसरी यस कोशको यस पेजमा लेखिएका छन् त्यही रूपमा उच्चारण गर्न कठिनसमेत भएकाले विद्यार्थीमैत्री हुने कुरै रहँदैन ।
पेज ६३९ मा रहेका यी अमानक शब्दका मानक रूप हुन्ः द्विज, हरू, द्विजन्मा, द्विजाति, द्वितीय, भूगर्भशास्त्र, मध्यजीवक, द्वित्व, द्विदल, द्विधा, द्विधातु, द्विप, द्विपक्षीय, द्विमुखी, द्विरागम, द्विरुक्त, द्विरुढा, द्विवचन, द्विविध, द्विविधा, द्विबिन्दु, द्विशिर, द्विशीर्ष, द्विपथ, द्विपद, द्विपाद, द्विबाहु, द्विभाषी । पहिलेदेखि मानक शब्दका रूपमा लेख्य रूपमा रहिआएका यी शब्दहरू लेखन तथा वाचनमा यस कोशमा जन्माइएका माथि दिइएका अमानक शब्दका तुलनामा निकै सहज छन् ।
चार ठाउँमा आएकाहरूलाई एउटा शब्द मानी गणना गर्दा पनि यस शब्दकोशको यही एकै पेजमा २८ वटा अमानक शब्दलाई भित्र्याइएको देखिन्छ । यी सबै शब्दहरू यस कोशमा मूल प्रविष्टिअन्तर्गत आएका छन् । एउटा पेजमा नै यति बढी अमानक शब्द छन् भने १३५५ पेजको यस शब्दकोशमा जम्मा त्यस्ता अमानक शब्द कति छन् होला ? अमानक शब्दहरूको यो प्रविष्टि भयावह स्थितिको सूचक होइन ? यसको प्रभावको परिणाम नेपाली लेख्य परम्परामा कति घातक हुन्छ ? स्रोत अन्नपूर्ण पोस्ट