दाेलखामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

अनलाइन दर्पण 2020-08-24
img

श्रीकृष्ण बुढाथोकी/ चरिकाेट । दोलखामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिञ्चोक गाउँपालिकाबाट पठाईएको स्वाबमध्ये एकजना महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनी सदरमुकाम चरिकोटस्थित एक NGO मा कार्यरत कर्मचारी हुन् ।

उनी कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ कि महिला हुन्।

यसभन्दा पहिला सोही NGOमा कार्यरत ३ जनामा शनिवारनै कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विगु गाउँपालिकाबाट ५४, कालिञ्चोकबाट १७ गरी ७१ जनाको स्वाबको रिपोर्ट आएकोमा १ जनाको रिपोर्ट पोजटिभ आएको हो ।

योसँगै दाेलखामा सक्रिय संक्रमितकाे संख्या १९ पुगेकाे छ ।

सम्बन्धित समाचार

Advertisement