काठमाडौं। ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक दोलखाली सहित दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । दोलखा जिल्ला घर भएकी एक महिला र सर्लाही जिल्लाका एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुने ३० वर्षिया महिलाको स्थायी ठेगाना दोलखा भएपनि बिस्तृत ठेगाना खुल्न बाँकी छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार कोभिड-१९ संक्रमण पुष्टिपछि उनी गत भदौ २ गतेदेखि अस्पतालमा उपचाररत थिईन् ।
अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार ती महिलामा कोभिड १९ बाहेक पाठेघरवरपर गम्भीर संक्रमणको समस्या पनि थियो । त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ ।
