काठमाडौं ,पौष २४ कालिन्चोक दर्शन प्रा लि को पाँचौ साधारण सभा गौसलाको पसुपती भिजनमा सम्पन्न भएको छ।साधारण सभा बाट संचालक सहित अध्यक्ष निर्वाचित भएका छन।दोलखा का युवा व्यावसायि एबम समाजसेबि बालकृष्ण सिवाकोटी सर्बसमत अध्यक्ष निर्बाचित भएका छन।संचालकहरुमा मार्कन्ड्य अधिकारि,रमेश शिवाकोटी लगाएत सर्बसमत निर्बाचित भएका छन।आर्थिक प्रर्तिबेदन लगाएत भाबी योजनाहरु सर्बसहमत ढंगले पारित भएको उक्त कार्यक्रममा नेकपा का नेता देबि ज्ञावलि ले शुभकामना मन्तव्य दिनु भएको थियो।करिब ३२ जना लाई पुर्ण कालिन रोजगारी दिएको दर्शन प्राली ले जनाएको छ।केबलकार निर्माण भएको कारण दोलखामा आन्तरिक प्रयटक र बाह्य प्रयटक प्रबधन भएको र आगामी दिनमा सामाजिक कार्यहरु मा पनि सहभागी हुने कुरा साधारण सभा का सभा अध्यक्ष मार्कण्ड्य अधिकारीले बताउनु भयो।कार्यक्रमको संचालन कम्पनीको सिइओले सन्चालन गर्नु भएको थियो।उक्त कार्यक्रममा सेयर धनी प्रमाणपत्र बितरण भएको थियो।सेयर धनी गणेश शिवाकोटी का अनुसार आगामी दिनमा वृद्ध / असक्तहरु को कालिन्चोक दर्शन गर्ने इच्छा पूरा गर्न निसुल्क सेवा प्रदान गरेर गर्नु पर्ने बताउनु भयो