तारकेश्वर । राष्टबादी केन्द्र नेपालको तारकेश्वर नगरपालिका वडा नं १० मा वडा भेला सम्पन्न भएको छ । सम्पुर्ण राष्टबादी तथा वैदिक सनातन धार्मिक नेपाली नागरीकहरु एक होऔ, रोजगारी, समृद्दि, राष्ट्रियता,न्युनतम ३० हजार पारिश्रमिक निर्धारण गर, लगायतका मुलभुत उदेश्य राखेर राष्टबादी केन्द्र नेपालले आफ्नो ब्यापक अभियानको क्रममा तारकेश्वर नगरपालिका वडा नं १० को वडा भेलाको आयोजना गरेको हो ।
वडास्तरिय भेलामा राष्टबादी केन्द्र नेपालका संयोजक चन्द्र ब: थापा को प्रमुख आतिथ्यता रहेको थियो भने केदार पाठक को बिशेष आतिथ्यता रहेको थियो। उक्त वडास्तरिय बृहत भेलालाई सम्बोधन गर्दै राष्टबादी केन्द्र नेपालका संयोजक तथा प्रमुख अतिथी चन्द्र ब: थापाले पटक पटकका राजनैतिक संघर्ष हरु हुँदै यहाँसम्म अाईपुग्दा नेपाली जनताले निरासाबाहेक केही पाएनन् । सरकार जसले चलाए पनि रोजगारी, सम्बृदि र राष्ट्रियताका सरोकार राख्ने पक्षहरु कमजोर बन्दै गएको बारे उल्लेख गरे,।
राष्टबादी केन्द्र नेपाल सेन्टर नं २ का प्रमुख अनिल राना थारुले बेरोजगार बर्गको मुक्तिको यो महान् अान्दोलन मा राष्टबादी केन्द्र नेपाल २४ सै घन्टा तल्लिन रहेको अबगत गराउनुभयो,। त्यस्तै राष्टबादी केन्द्र नेपाल तारकेश्वर न पा प्रमुख अर्जुन उप्रेतीले टोलटोल बाट घरघरबाट बिदेशी एजेन्टहरुलाई खबरदारी गर्दै,राष्ट्रिय मुक्ति अान्दोलन को नेतृत्व राष्टबादी केन्द्र नेपालले लिँदैछ भन्नुभयो।
तारकेश्वर न पा मा बृहत भजन बैदिक सनातन धर्मसापेक्ष राष्ट्र कायम गराउन दबाबमुलक खैजेडी भजनको नृत्यसमेत प्रस्तुत गरिएको थियो , उक्त तारकेश्वर न पा वडा नं १० स्तरिय भेलामा केन्द्रीय महासमिति सदस्य हिमाल कार्की ,भिम बिष्ट , तारकेश्वर न पा बिधार्थी प्रमुख महेश चालिसे ( असफल) तारकेश्वर न पा १० नं वडा संयोजक बसन्त थपलिया , अर्जुन रिजाल , शाान्ता लामिछाने , दिपा थापा ,गोर्खे तामाङ,रामकृष्ण रिजाल लगायत अन्य बिभिन्न संघ संस्था प्रतिनिधि, धार्मिक गुरुहरु, सामाजिक ब्यक्तित्व हरु को समेत उपस्थिति रहेको राष्टबादी केन्द्र नेपाल तारकेश्वर न पा प्रचार/ प्रसार प्रमुख उज्जल धमलाले जानकारी दिए।