सिन्धुपाल्चाेक । सुनकोसी नदीले बगाउँदा बलेफी गाउँपालिका ७ स्थित बालशिक्षा माध्यमिक बिद्यालयका एक बिद्यार्थी बेपत्ता भएका छन् । बिहिबार बिहान सवा ९ बजेको समयमा बिद्यालय छेवैको नदिले बगाउँदा कक्षा ७ मा अध्ययनरत बिजय नेपाल बेपत्ता भएका हुन् ।
बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि खोलामा पसेका थिए ।
उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट प्रहरीहरु खोजीकार्यमा खटेका छन् भने बिद्यालयका शिक्षक तथा स्थानीय अगुवाहरुले पनि खोजी गरिरहेका छन् ।
‘खेलिरहेको बल खोलामा पुगेपछि झिक्नका लागि गएको रहेछन्’, शिक्षक हरेराम नेपालले भने । बल लिनका उनी बिद्यालयको जालीबार नाँघेरै गएका थिए ।