नागरिकताको सिफारिस नपाउँदा आत्महत्या

अनलाइन दर्पण 2019-04-30
img

सुनसरीको दुहबी नगरपालिकाका एक युवाले वडा कार्यालयले नागरिकताको सिफारिस नगरिदिएको भन्दै आत्महत्या गरेको समाचार आजको नयाँ पत्रिकाले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, वडा कार्यालयले नागरिकता सिफारिस गर्न नमानेपछि दुहबी नगरपालिका–३ का हरि मण्डलले आत्महत्या गरेको परिवारले जनाएको छ ।

नागरिकता सिफारिस माग्दै वडा समितिको कार्यालयमा पटकपटक पुगे पनि वडाध्यक्ष माधवबहादुर भण्डारीले कागजात नपुगेको भन्दै सिफारिस नदिएकाले आवेशमा आएर छोरा हार मण्डलले आत्महत्या गरेको आमा गीतादेवीले बताएकी छन् ।

सम्बन्धित समाचार

Advertisement