डडेल्धुरामा बस दुर्घटना हुदा ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

अनलाइन दर्पण 2019-04-24
img

यज्ञराज उपाध्याय / डडेल्धुरा, बैशाख ११। डडेल्धुरामा बुधबार बिहानै बस दुर्घटना भएको छ । धनगढीबाट बझाङ तर्फ गैरहेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नम्बरको बस डडेल्धुराको गन्यपाधुरा गाउँपालिका १ साहुखर्क स्थित भिमदत्त राजमार्गमा बिहान करिब ४ बजेको समय दुर्घटनाग्रस्त हुदा ७ जनाको मृत्यु भएको र २० जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीका अनुसार बस सडकबाट २ सय मिटर तल खसेको थियो ।

मृतक र घाइतेहरुको सनाखत भने हुन सकेको छैन । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, शसस्त्र प्रहरी लगायत सुरक्षाकर्मिहरुको समूह पुगिसकेका छन र घाइतेहरुलाई अस्पतालहरुलाई लगिएको छ ।

घटनाको अनुसन्धान भैरहेको र थप मृतक वा घाइतेहरु छन या छैनन हेरफेर गरिरहेको प्रहरीले जनाएको छ ।

घटनाको बिस्तृत जानकारी भने आउन बाकी छ ।

सम्बन्धित समाचार

Advertisement