"प्रदेश २ मा एस इ इ परिक्षाको प्रश्न पत्र आउट गर्ने लाई सार्बजनिक "

अनलाइन दर्पण 2019-04-04

२१ चैत ,२०७५   पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् थिए ।
त्यसैगरी पक्राउ पर्ने अन्यमा सप्तरीको राजविराज–१० घर भएका विष्णुदेव यादव, राजविराज–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षीय राजेश यादव र सोही ठाउँका १७ वर्षीय उमेश यादव रहेका छन् ।

यस्तो थियो घटना विवरण 
प्रहरीका अनुसार प्रदेश २ मा जारी एसईई परिक्षाको तेस्रो र चौथो दिन विज्ञान र सामाजिक शिक्षा विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत आउट भएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची दाइ विष्णुदेव यादवलाई पठाएका थिए भने यादवले सामाजिक सञ्जालमार्फत मनोजलाई प्रश्नपत्रको फोटो पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो।

सम्बन्धित समाचार

Advertisement