सुस्तामा साप्ताहिक बाख्रा बजार संचालन हुने

अनलाइन दर्पण 2018-09-28
img

अंगद यादव /नवलपरासी पश्चिम १२ असोज।

नवलपरासी पश्चिम सुस्ता गाउपालिका वडा नं.-१ रुपवलिमा साप्ताहिक बाख्रा बजार संचालन हुने भएको छ । बाख्रा बाजार व्यवस्थापन समितिले प्रत्येक हप्ताको शनिवार उक्त बाजार संचालनमा ल्याइएको हो ।

स्थानीयहरुले बाख्राको उचित मूल्य पाउनमा समस्या देखिएको हुदा र बाख्रा व्यवसायीहरुलाई निकै समस्या भए पछि व्यवसायी तथा बाख्रा पालनबाट उचित आम्दानीको मध्यनजर गर्दै संचालनमा ल्याइएको बाख्रा बाजार व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु न्यौपानेले जानकारी गराएका छन ।

स्थानीय व्यवसायीहरुले आफ्नो बाख्राहरु बाजारमा लगि सजिलो तरिकाले उचित मुल्यमा बिक्रीवितरण गर्न सकिने तथा टाढाबाट आउने व्यवसायीको ठगीबाट बच्न सकिने न्यौपानेले बताए ।

बजारमा सधैं माग भइरहने र बाख्रा पालकले हाताहत बिक्री गर्न सक्नका लागि बाख्रा बाजारको व्यवस्थापन गरिएको समितिका अध्यक्षले बताए । उक्त बाजारमा खसी बोका पाठा पाठी लगाएत बाख्रको माउ खरिद बिक्री गर्न सकिने बाजार व्यवस्थापन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement