मौरी झैं मेहनती बन्न नेता-कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

अनलाइन दर्पण 2018-09-22
img

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् ।

वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताए ।

‘कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस्, सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन’, उनले भने । प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाव दिएका छन् ।

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्बन्धित समाचार