यज्ञराज उपाध्याय
लम्की, भदौ २९ लम्कीचुहा नगरपालिका वर्डा नं ३ बल्चौरमा शुक्रवार दिउँसो ४ बजे बस दुर्घटना हुदा २ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ५ जना घाईते भएका छन ।
नेपालगन्जबाट धनगढी तर्फ जाँदै गरेको कर्णाली रिभर यातायतको से १ ख ११८८ नम्बरको गाडी बल्चौरमा साईकल यात्रीलाई बचाउने क्रममा अनियन्त्रित भै दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा परेर अवस्था गम्भीर भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर सुरेन्द्र जैशीले बताए ।
मृत्यु हुनेमा साईकल यात्री १२ बर्षिय अनिल बादी र धनगढिका प्रचुर पिटर तामाङको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।
बस दुर्घटनामा परि थप ५ जना घाइते भएका छन । घाईते चारै जना नेपाली सेनाका प्रशिक्षार्थी हुन र चारै जनालाई नेपालगन्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।
घाइते हुनेमा कंचनपुर बैतडीका ज्ञानु जोशी, दार्जुलाका विक्रम बोहोरा, अपि हिमाल गाउँपालिका ३ दार्चुलाका किरण बोहोरा , कंचनपुर पुनवास ५ का शिव खडका र कंचनपुर महाकाली नगरपालिका ५ दोधाराका राम बहादुर चन्द्र रहेको प्रहरीले जनाएको छ ।