गिरफ्तार गरिएका नेता कार्यकर्तालार्इ तत्काल रिहा नगरे, सरकार विरुद्व सशक्त संघर्ष गर्छौ: विप्लव

अनलाइन दर्पण 2018-08-23
img

काठमाडौं, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई प्रहरीले गिरफ्तार गरेको छ । खड्कालाई भदौ ५ गते गिरफ्तार गरेको हो ।

यसैबीच नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरेर गिरफ्तारीप्रति आपत्ति जनाएका छन् ।

विप्लवले बिहीबार जारी गरेको विज्ञप्तिामा श्रृंखलापूर्ण गिरफ्तारी तुरुन्त रोकेर हालसम्म गैरन्यायिक तरिकाले थुनामा राखिएका सबै नेता–कार्यकर्तालाई ससम्मान रिहा गर्न आग्रह गरेका छन् ।

पार्टीविरुद्ध सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिँदै विप्लवले मानवअधिकारवादी, नागरिक समाज, न्यायपे्रमी जनसमुदायमा यसप्रकारका गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन आह्वान गरेका छन् ।

यस्तो छ विज्ञप्ति

सम्बन्धित समाचार