बलात्कृत युवती नोबेल शान्ति पुरस्कारकाे लागि मनोनित

अनलाइन दर्पण 2018-07-27
img

अमांडा न्गुयेन उनको उमेर समूहका अधिकांश जस्तो छैनन् । २६ वर्षीया कार्यकर्ता अमेरिकी अपराध न्याय प्रणालीले यौन हिंसा र ती अपराधहरूको जीवित दृष्टिकोणलाई कसरी व्याख्या गर्ने भन्ने विषयलाई मौलिक रूपमा परिवर्तन गर्दैछिन् ।

सन् २०१४ मा न्गुयनले राईज नामक एक राष्ट्रिय नागरिक अधिकार गैर नाफामूलक संस्था स्थापना गरिन्, जसले यौन दुर्व्यहार पीडितहरूको स्वतन्त्रताको संरक्षणमा ध्यान दिन्छ ।

केही वर्षपछि उनले यौन दुर्व्यहार विरुद्घ अधिकार, कानून पीडितहरूलाई आधारभूत नागरिक अधिकार प्रदान गर्नेे विधेयक ड्राफ्ट गरिन् ।

त्यही कामका कारण गत महिना न्गुयनलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरिएको छ ।

‘म निकै चकित, खुसी र गौरवले भावविह्वल भएँ’ न्गुयनले हफ पोष्टलाई भनिन् –‘ किनकी मलाई थाहा थियो कि यो मनोनयन केबल मेरालागि मात्रै थिएन । यो सब पीडितहरुका लागि हो जसले नागरिक अधिकार कानूनमा पाए ।’

न्गुयनको यात्रा २०१३ देखि सुरु भएको हो । त्यतिबेला नी हार्ववड विश्वविद्यालयमा अन्तिम वर्षमा पढ्दै थिईन् । त्यतिबेलै उनी बलात्कृत भईन् ।

बलात्कार जाँच गराएपछि प्रहरीले यदि उनले रिपोर्ट दर्ता नगरेमा डाक्टरको रिपोर्ट किट ६ महिनामा नष्ट हुने जानकारी गरायो । तर मासिट्युट्स् राज्यमा बलात्कारको अभियोग दर्ता १५ वर्षसम्म गर्न सकिने उल्लेख छ ।

बलात्कार जाँच धेरै कारणहरुले महत्वपूर्ण छ । यसले बलात्कारीको पहिचान, केसको समाधान गर्नुका साथ साथै निर्दोषलाई सजाय मुक्त बनाउँछ । तर गरिबी अथवा अन्य कारणबाट दशौं—हजारौं बलात्कार जाँच किटहरु पुलिस थानामै सीमित छन् ।

हरेक छ महिनामा न्गुयेनले आफ्नो बलात्कार जाँच नहटाउन पीडकको डिएनएसँग दाँज्नुपर्छ भनेर हरेक समय थप्न आग्रह गर्नु पर्थ्यो ।

‘महिलाहरुलाई धेरै जस्तो पूर्ण मानव सम्मान दिर्इंदैन ।’ उनले भनिन् ‘त्यसमा पनि एसियन–अमेरिकी महिला हुनुमा यौन हिंसाका कसरी व्यवहार गरिन्छ भन्ने अन्तर थाहा छ ।’

‘एसियन–अमेरिकी महिलाहरूलाई धेरै कामुकताको विषय बनाईन्छ । जसले गर्दा उनीहरु यौन हिंसामा पर्छन् ।’ उनले भनिन् – एसियन महिलाहरुको शरीरलाई पहेंलो ज्वरो भनेर भन्ने, उनीहरुलाई वस्तुका रुपमा हेर्ने, अरुको अधिनमा बस्नुपर्ने रुढीबादी सोचजस्ता यसका उदाहरण हुन् ।

सन् २०१४ मा, न्गुयनले राईज नामक संस्था स्थापना गरिन् । उक्त संस्थाले लैंगिक हिंसामा परेका व्यक्ति र अधिकारको लागि विधेयकमा काम गर्न थाल्यो ।

यो विधेयकमा उल्लेखित अधिकारको व्यवस्थाले पीडितहरुलाई कानूनी सुरक्षाको सुनिश्चितता, एक सल्लाहकारसँगको पहुँच र बलात्कार जाँच किटमा पहुँचको व्यवस्था गर्यो ।

त्यस्तै बलात्कार जाँच किट नष्ट हुनु भन्दा अगाडिको किटको फोरेंसिक परिणामको बारे अधिसूचना र किटको कानूनी अवधिको लागि अधिकार संरक्षित गरेको छ ।

विधेयकले यो परीक्षण गर्न स्रोत साधनहरू उपलब्ध रहेकोसम्म व्यवस्था गर्यो । त्यसपछि ( राष्ट्रपति बराक ओबामाले २०१६ मा संघीय स्तरमा विधेयकमा हस्ताक्षर गरे ।)

‘हामीले यस विधेयकमा अधिकारको व्यवस्था पीडितलाई मद्दत गर्न मात्रै गर्दैनौं । प्रहरी, अभियुक्तलाई मद्दत गर्न र न्यायिक प्रणालीले तिनीहरूको कामलाई अझ राम्रो बनाओस् भनेर अधिकारको व्यवस्था गरेको हो । परिणाम स्वरूप, पीडितहरु र हाम्रो अपराधिक न्याय प्रणाली पनि उनीहरूलाई न्याय दिलाउन खोज्छन्’ उनले हफपोष्टलाई भनिन् ।

अब, न्गुयन सबै ५० राज्यहरूमा पारित भएका विधेयकको अधिकार प्राप्त गर्ने अभियानमा छिन् । उनको मिशन मि टू अभियान भन्दा धेरै महत्वपूर्ण छ ।

मि टू आन्दोलन पछि, हामीले अधिक विधायकहरू र स्वयंसेवकहरू हामी कहाँ आएको देख्यौँ, थप पीडितहरु बोल्दै र हाम्रो आपराधिक न्याय प्रणालीलाई चुस्त राख्नका लागि थप कलहरु देख्यौं’ उनले भनिन्, ‘यसले मानिसलाई अगाडि काम गर्न थप ज्ञान दियो ।’

यि सबै भएपछि न्गुयनले भनिन् कि उनी लाखौं पीडित र यौन आक्रमणबाट बचेकाहरूको अधिकारका लागि आएको विधेयकले उनीहरुमा अधिकार प्राप्त हुने बाटोको उदय भएको पाएकी छिन् ।

‘मेरो निरन्तरता देशभर ३२ मिलियन पीडितहरुको जीवनमा प्रभाव पार्न सकेको कारणले भएको हो र यो केवल एक शुरुआत हो’ उनले भनिन् – म यसलाई एक रूपान्तरणको रुपमा हेर्छु — हरेक पटक पीडितले मलाई उनको कथा सुनाउँछन्, यस्तो लाग्छ कि उनीहरू बलेको कोईला माथि छन् । यो सुनेर मन भारी हुन्छ तर यसले मेरो लागि अगाडि बढ्न बाटो तताउँछ ।’ साभार – हफ पोष्ट

सम्बन्धित समाचार

Advertisement