महन्थ ठाकुरको चाेरी भएको ब्रिफकेस भेटियो, ब्रिफकेसभित्र चिट्ठी र कलम मात्र 

अनलाइन दर्पण 2016-10-02

भक्तपुर, असोज १६ ।  गत भाद्र  २४ गते राति भक्तपुरको सानोठिमीस्थित   तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरबाट चोरी भएको ब्रिफकेस प्रहरीले फेला पारेको छ । महानगरीय प्रहरी बृत्त थिमीले आइतबार काठमाडौं काँडाघारीको झाडीमा फालिएको अवस्थामा ब्रिफकेस फेला पारेको  जनाएको छ । 

ब्रिफकेसमा तमलोपाको एउटा चिट्ठी र दुई वटा कलम मात्र रहेको पाइएको थियो । यसअघि प्रहरीले लुटेराहरु सर्लाही घरभई काठमाडाै‌ बस्ने २३ वर्षका रञ्जित गुप्ता र महोत्तरी घरभई काठमाडौं बस्ने परमानन्द भन्ने प्रचण्डप्रताप सिंहलाई पक्राउ गरिसकेको छ । 

सम्बन्धित समाचार