पतिको मृत्युको ४ वर्षपछि गंगामायाले तोडिन् अनशन,

अनलाइन दर्पण 2018-07-13
img

काठमाडौं । आफ्नो छोराका हत्या भएको झन्डै १५ वर्षपछि हत्याराको कारबाही हुने सर्तमा गंगामाया अधिकारीले आफ्नो सत्याग्रह तोडेकी छन् । कानुनमन्त्री शेरबहादुर तामाङको २ बुँदे प्रतिबद्धतापत्र हातमा परेपछि जुस पिएर सत्याग्रह तोडेकी हुन् ।

कानुन मन्त्रीद्वारा थमाइएको पत्रमा २०७२ असोजमा जनाएको ५ बुँदे प्रतिबद्धता कार्यान्वयन गर्ने उल्लेख छ भने त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पत्रमा उल्लेख छ ।

गत जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीले कानुनमन्त्री तामाङको उपस्थितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका थिए ।

जुन दिनदेखि यो उनको पछिल्लो चरणको ४६ औं दिनको अनसन थियो । सम्झौता अनुसार कारबाही नभए फेरि १० दिन पछि अनसन गर्ने भन्दै गंगामायाले अनसन तोडेकी हुन् ।

सम्झौता पत्रमा हस्ताक्षर अघि उनले थपिन्, ‘सरकारले यसअघि पनि दर्जनभन्दा बढीपटक वाचा गर्ने तर पुरा नगर्ने गरेर मलाई छक्याएको छ । अब चाहिँ त्यसो नहोस् । १० दिनको समय दिएकी छु। दश दिनभित्र वाचा गरेका काम पुरा नभए म फेरि बस्छु र प्राणै त्याग्छु ।’

उनको यतिबेला घाँटीमा प्वाल पारेर स्लाइन दिइएको अवस्था छ । हस्ताक्षर अघि उनी यसरी भक्कानिदै रोएकी थिइन् । छेवैमा रहेका मन्त्री तामाङ भावुक हुँदै हात जोडेको मुद्रामा थिए ।

उनले भने, ‘अब सरकारले यहाँसँग गरेका वाचा पुरै लागू गर्छ, हामीलाई विश्वास गर्नुस्, तपाईंले न्याय पाउनु हुनेछ।’

सम्झौता पालना गर्न गंगामायाका तर्फबाट केही अधिवक्ता र मानवअधिकारवादीहरु रहने र सरकारका तर्फबाट कानून र गृह मन्त्रालयका अधिकारीहरु रहने गरी एक समिति बनाउने सम्झौतामा उल्लेख छ ।

उक्त समितिले आयरल्यान्डमा बसिरहेका रुद्र आचार्य लगयात नेपालमै ‘फरार’ भनिएका जानुका पौडेल, भिमसेन पौडेल, परशुराम पौडेल लागायतका अभियुक्तलाई पक्राउ गरी जेल चलाउन गर्ने बुझाइ छ ।

यस अघि एक अघियुक्तले अदालतमा आत्म समर्पण गरिसकेका छन् ।

सम्बन्धित समाचार

Advertisement