काठमाडौं, २६ असार। योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार एक होटलबाट गरेको उजुरी परेपछि रौतहटमा एक मेयरसहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, कार्यकारी अधिकृत नरबहादुर विससहित ५ जना रहेका छन् । उनीहरुलाई चन्द्रनिगाहपुरको हिमालयन होटलबाट पक्राउ गरिएको हो ।