छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने भएको छ । बाराकाे प्रसौनी गाउँपालिकाको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र रु एक हजारका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको हाे ।
छोरीलाई शिक्षामा सहज पहुँचका लागि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियानको थालनी गरिएको उपाध्यक्ष गीता साहले बताउनुभयो ।
उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि विवाह गराउन सुझाव दिएको छ ।
गाउँपालिकाको सो निर्णयलाई स्थानीयवासीले स्वागत गरेका छन् ।