देउवा सरकारको निर्णय खारेजीमा मन्त्रीकै भनाइ बाँझियो

अनलाइन दर्पण 2018-07-06

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले गरेको नियुक्तिका विषयमा मन्त्रीहरुकै भनाई बाँझिएको छ ।
प्रदेश प्रमुखका हकमा त्यो लागु हुने वा नहुनेमा मन्त्रीले नै फरक फरक भनाइ राखेका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अघिल्लो सरकारले निर्वाचन आचारसंहिता विपरीत निर्णय गरेको हुनाले यो सरकारले खारेज गरिदिएको बताए । तर प्रदेश प्रमुखको हकमा उक्त निर्णयले नछुने उनको तर्क छ ।
कानुन मन्त्री शेरबहादुर तामाङले भने प्रदेश प्रमुख पनि हटाइने बताए । प्रदेश प्रमुख पनि राजनीतिक नियुक्ति नै भएकाले सरकारले अब नयाँ नियुक्ति गर्ने र राजीनामा दिन लगाउने उनको दाबी छ ।
सरकारले देउवा सरकारले गरेका कुन निर्णय कायम राख्ने र कुन खारेज गर्ने भन्नेमा अध्ययन सुरु गरेको छ । सशस्त्र प्रहरी बलका पाँच जना एआइजीले भने हिजो एकै पटक राजीनामा दिइसकेका छन् ।

सम्बन्धित समाचार

Advertisement