फुटबलबाट सिक्न सक्छन् बच्चाले यी जीवनोपयोगी कुरा

अनलाइन दर्पण 2018-06-18
img

फुटबल हेरेर आनन्द एवं मनोरञ्जन लिइरहनु भएको छ । यसले तपाईंको तनाव पनि हटाउन पक्कैपनि मद्दत पुग्छ ।

घरपरिवार, बालबच्चा एकसाथ बसेर फुटबल हेर्नु रमाइलो हुन्छ । तर, फुटबलबाट रमाइलो मात्र हुँदैन, यसले जीवनोपयोगी कुरा पनि सिकाउँछ, जो तपाईंले आफ्नो बच्चालाई अनुभूत गराउन सक्नुहुन्छ । यो कुरा विर्सनुहोस् कि, विद्यालयमा मात्र बच्चाले सिक्छन् । पाठ्यपुस्तकका मात्र सिक्ने कुरा हुन्छन् । हरेक कुराबाट बच्चालाई उपयोगी ज्ञान दिन सकिन्छ, जो उनीहरुका निम्ति जीवनोपयोगी हुनसक्छ ।

सर्तक रहनुपर्ने कुरा चाहि के भने, बच्चालाई कुनैपनि कुरा सिकाउँदा शिक्षकले पाठ घोकाए जस्तो वा उपदेश दिएजस्तो गरेर होइन । रमाइलो ढंगले, बुझ्नेगरी यसरी सिकाउनुपर्छ, जसमा उनको गहिरो रुची जागोस् । र, त्यसलाई उनीहरुले व्यवहारिक जीवनमै प्रयोग गर्न सकोस् ।

अब लागौं फुटबलतिर । फुटबल हेरेर बच्चालाई के बुझाउन सकिन्छ त ?

फुटबलले हारलाई सहर्ष स्विकार गर्न सिकाउँछ, सधै अगाडि बढ्नका लागि प्रेरित गर्छ, टिमवर्कको महत्व बुझाउँछ, संघर्ष गर्न सिकाउँछ, अनुशासनमा अभ्यस्त गराउँछ ।

टिमवर्कको कुरा

थाहा भएकै कुरा हो, फुटबल भनेको टिमवर्क हो । यसमा एक जनाले मात्र चाहेर वा एक जनाको प्रयासले मात्र केही हुँदैन । जीत हासिल गर्नका लागि सामूहिक प्रयास एवं तालमेल मूख्य हुन्छ । मैदानभित्र ११ जनाले खेल्छन् । उनीहरुको आ-आफ्नै भूमिका र क्षेत्र हुन्छ । गोल किपरको जुन भूमिका हुन्छ, अग्रपंक्तिका खेलाडीको त्यो भन्दा फरक हुन्छ । त्यस्तै रक्षापंक्तिका खोलाडीको भूमिका पनि यी दुबैको भन्दा भिन्न हुन्छ । अर्थात सबैले आ-आफ्नो ठाउँमा रहेर गोललाई अगाडि बढाउनुपर्छ । विपक्षीमाथि दवाव पैदा गर्न सक्नुपर्छ । यसका लागि सामूहिक तालमेल र प्रयास अपरिहार्य हुन्छ ।

फुटबलले हारलाई सहर्ष स्विकार गर्न सिकाउँछ, सधै अगाडि बढ्नका लागि प्रेरित गर्छ, टिमवर्कको महत्व बुझाउँछ, संघर्ष गर्न सिकाउँछ, अनुशासनमा अभ्यस्त गराउँछ ।

ठीक यसैगरी जीवनमा पनि सफलता हासिल गर्नका लागि वा लक्ष्य प्राप्तिका लागि यस्तो समूह निर्माण गर्नुपर्छ, जसले जितका लागि अर्थपूर्ण योगदान दिन्छ । एकअर्कामा विश्वास, सझमदारी र आ-आफ्नो भूमिकामा इमान्दार हुनुपर्छ । तब मात्र जीत हासिल हुन्छ ।

फुटबलले हारलाई सहर्ष स्विकार गर्न सिकाउँछ, सधै अगाडि बढ्नका लागि प्रेरित गर्छ, टिमवर्कको महत्व बुझाउँछ, संघर्ष गर्न सिकाउँछ, अनुशासनमा अभ्यस्त गराउँछ

अनुशासनको कुरा

फुटबल मैदानमा प्रवेश गरेपछि त्यसका नियम र परिधीभित्र रहनुपर्ने हुन्छ । जथाभावी गर्ने वा आफ्नो मनोमानी चल्दैन । मैदानभित्र उनीहरुले विपक्षीसँग भिड्नु त पर्छ, तर नियमपूर्वक । यदि नियम उल्लंघन गरेको अवस्थामा मैदानबाट बाहिरिनुपर्ने वा सजाय भुक्तान गर्नुपर्ने हुन्छ ।

हुन त हरेक खेलका आफ्नै नियम हुन्छन् । आफ्नै परिधी हुन्छन् । आफ्नै सीमा हुन्छन् । त्यसभित्र रहेर नै खेलाडीले आफ्नो क्षमता देखाउनुपर्ने हुन्छ । खेलकुदमा आत्मअनुशासन एकदमै महत्वपूर्ण मानिन्छ । अनलाइनखबरसँगका कुराकानीमा एक फुटबल प्रशिक्षकले भनेका थिए, ‘ब्राजिललगायतका मुलुकमा सानैदेखि बच्चालाई फुटबल खेल्न पठाइन्छ । यसको मतलब उसले फुटबलर नै बन्नुपर्छ होइन । पछि गएर जे-सुकै होस् । तर, बच्चामा उसले फुटबल खेलेपछि जीवनप्रति जिम्मेवार हुन र अनुशासित हुन अभ्यास गराउँछ ।’

वास्तवमा हामी आफ्नो जीवनमा पनि अनुशासित हुन आवश्यक छ । जीवन अनुशासित भयो भने, हामी सफल हुन्छौं, स्वस्थ्य हुन्छौं, सरल हुन्छौं, सजग हुन्छौं ।

संघर्षको कुरा

फुटबलमा जीत हासिल गर्नका लागि बललाई अगाडि बढाउनु वा विपक्षीको गोलपोस्टमा लगेर छिराउनुपर्छ । यसरी गोल लगाउनका लागि विपक्षीको अवरोध छिचोल्नुपर्छ । उनीहरुलाई उछिनेर बल अगाडि बढाउनुपर्छ । त्यो पनि एकदमै नियमसंगत ढंगले ।

यसबाट जीवनमा के सिक्न सकिन्छ भने, हामी सधै अगाडि बढ्नका लागि प्रयासरत हुनुपर्छ । र, त्यसका लागि विभिन्न अवरोध छिचोल्नुपर्छ । संघर्ष गर्नैपर्छ । फुटबलमा स्वत गोल लागेर जीत हुँदैन । अर्थात यो भाग्यचिट्ठा जस्तो होइन । सफलता पाउनका लागि, जीत हासिल गर्नका लागि पसिना चुहाउनैपर्छ, संघर्ष गर्नैपर्छ, प्रयासरत हुनैपर्छ, अवरोध छिचोल्नैपर्छ, अगाडि बढ्नैपर्छ ।

समयसीमाको ख्याल

फुटबल यस्तो खेल पनि हो, जसको निश्चित समयसीमा हुन्छ । निर्धारित समयभित्र विपक्षीलाई दवावमा राखेर गोल गरेपछि मात्र त्यस टिमले जीत हासिल गर्छ । उक्त समयभित्र सार्थक प्रयास गरिएन भने हार व्यहोर्नुपर्ने हुन्छ ।

जीवनमा केही गर्छु भन्नेले पनि यसबाट पाठ सिक्न सक्छन् । हामीले कुनैपनि काम निश्चित अवधीभित्रै सम्पन्न गरिसक्नुपर्छ । कुनैपनि लक्ष्य हासिल गर्नका लागि त्यसको निश्चित समयसीमा हुन्छ । त्यस समयसीमाभित्र गरिने कामले नै सार्थक नतिजा दिन्छ ।

अन्तिम क्षणसम्म उस्तै उर्जा र जोश

अर्को सत्य के भने अन्तिम क्षणसम्म उत्तिकै प्रयास गर्नुपर्छ, जो सुरुवातमा गरिन्छ । फुटबलमा खेल सम्पन्न हुने अन्तिम मिनेट मात्र होइन, अन्तिम सेकेन्डसम्मै खेलाडीहरु उत्तिकै जोश र जाँगरका साथ खेल्छन् । अन्तिम सेकेन्डमा लगाइएको गोल निर्णयक पनि हुन्छ । अन्तिम अवस्थासम्म खेलाडीहरु आशावादी हुन्छन् ।

फुटबल खेलबाट तपाईले कुनै विश्वविद्यालयमा नपाइने जीवनोपायोगी शिक्षा दिन सक्नुहुन्छ । तर, बच्चालाई कुनैपनि कुरा सिकाउँदा शिक्षकले पाठ घोकाए जस्तो वा उपदेश दिएजस्तो गरेर होइन । रमाइलो ढंगले, बुझ्नेगरी यसरी सिकाउनुपर्छ, जसमा उनको गहिरो रुची जागोस् ।

हाम्रो व्यवहारिक जीवनमा पनि यो कुरा निकै महत्वपूर्ण हुन्छ । हामी कुनै काममा सानो असफलता हात लाग्नसाथ हतोत्साही हुन्छौं । र, त्यो कामलाई त्यही छाडिदिन्छौं । तर, फुटबलले हामीलाई के सिकाउँछ भने, अन्तिम क्षणसम्म आशावादी रहनुपर्छ । अन्तिम क्षणसम्म उत्तिकै प्रयासरत रहनुपर्छ । उत्तिकै जोश र जाँगरका साथ अगाडि बढ्नुपर्छ ।

फुटबल खेलबाट तपाईले कुनै विश्वविद्यालयमा नपाइने जीवनोपायोगी शिक्षा दिन सक्नुहुन्छ । तर, बच्चालाई कुनैपनि कुरा सिकाउँदा शिक्षकले पाठ घोकाए जस्तो वा उपदेश दिएजस्तो गरेर होइन । रमाइलो ढंगले, बुझ्नेगरी यसरी सिकाउनुपर्छ, जसमा उनको गहिरो रुची जागोस् ।

रणनीतिको कुरा

हरेक खेल रणनीतिक हुनेगर्छ । फुटबलमा त अझ रणनीतिक खेल नै हो । फुटबलमा सधै उस्तै पोजिसन, उस्तै शैली खेलेर हुँदैन । विपक्षी टिमको खेल स्तर, शैली, खेलाडी र पोजिसन हेरेर आफ्नो खेल-रणनीति तय गर्नुपर्छ ।

अक्सर विपक्षी टिमकै आधारमा अर्को टिमले आफ्नो रणनीति तय गर्छ । विपक्षी टिमसँग रक्षात्मक खेल खेल्नुपर्ने हो वा आक्रमक ? यस्ता कुरामा टिमले नै उपयुक्त निर्णय लिनुपर्ने हुन्छ । खेलाडी अनुसार पनि यस्ता रणनीति तय गर्ने गरिन्छ ।

वास्तवमा हामीलाई व्यवहारिक जीवनमा सफलता हासिल गर्नका लागि, कुनै व्यापार, व्यवसाय, उद्यम आदिमा सफलता प्राप्त गर्न पनि रणनीतिक योजना आवश्यक हुन्छ ।

हार स्विकार

मैदानमा प्रवेश गरेपछि दुई कुरा निश्चित हुन्छ, जीत वा हार । हुन त खेलाडीले जहिले पनि जीतका लागि प्रयास गर्ने हो । उसले खेल अवधीभर त्यही आशाका साथ जित्ने प्रयास गरिरहन्छ । जीतकै लागि संघर्ष गर्छ । तर, यससँगै उनीहरुमा के पनि ठान्दैनन् भने, हार हुँदै हुँदैन । वा  हामी हार्न तयार छैनौं भन्ने कुरा पनि उनीहरुले राखेका हुँदैन । त्यही कारण जब हार हुन्छ, उनीहरुले त्यसलाई स्वभाविक रुपमा स्विकार्छन् ।

हाम्रो व्यवहारिक जीवनमा पनि असफलता हुन्छ । अझ हामी जति अगाडि बढ्न खोज्छौं, जति सफलता खोज्छौं, उत्तिनै असफलता पनि व्यहोर्नुपर्ने हुन्छ । तर, यस्ता असफलता स्विकार्न सक्नुपर्छ । असफलता स्विकार्दै त्यसलाई कसरी सच्याउने भन्नेतर्फ आगमी लक्ष्य तय गर्नुपर्छ । फुटबलले हामीलाई यस्तो हार, असफलतामा विचलित एवं हतोत्साही नहुन सिकाउँछ । – एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार