विवाह एउटा यस्तो सम्बन्ध हो जसले श्रीमान र श्रीमतीलाई एकअर्कोसँग पुर्ण जिम्मेदारीका साथ जीवन बिताउन प्रेरित गर्छ । यदी यो सम्बन्धमा कुनै खाले तिक्तता आउँछ भने जीवनभर दरारमात्र पैदा हुन्छ ।
कतिपटक घरमा सुन्दर श्रीमती हुदाँहुँदै पनि श्रीमानले बाहिर अफयेर चलाउने गर्छन् । आफ्नी श्रीमतीलाई धोका दिने काम गर्छन् । जसलाई थाहा पाएर पनि श्रीमतीले श्रीमानलाई छोड्न सक्दैनन् ।
केही यस्ता अवस्थाहरु रहेका हुन्छन् जसका कारण पतिले धोका दिए पनि पतिलाई छोड्न सक्दैनन् श्रीमतीहरु
धोकेबाज पति भएपनि सबैभन्दा ठुलो जिम्मेवारी बच्चाहरुको रहन्छ । बच्चाहरुले खराब भविष्य देखुन् भनेर पनि महिलाहरुले पतिलाई नछोड्ने ठुलो निर्णय लिने गरेका छन् ।
लामो समयसँग आफ्नो पतिसँग जीवन बिताएका कारण पनि अरुसँग जीवन कसरी बिताइएला भन्ने डर महिलामा रहिरहन्छ । त्यसकारण पनि धोकेबाज पतिलाई छोड्न उनीहरु डराएउँछन् ।
केही महिलाहरु आफ्नो पतिले धोका दिनु पछाडि आफैलाई दोष दिने गर्छन् । उनीहरु सोच्छन् आफुले राम्रोसँग पतिको वास्था नगर्दा पतिले धोका दिन पुगेका हुन् । माया पाउन बाहिर अफयेर गरेको उनीहरु सोच्ने गर्छन् ।
केही महिलाहरु परिवार र समाजका कारण धोकेबाज पतिलाई छाड्न सक्दैनन् । आफुले छोडेर गएमा उल्टै परिवार र समाजले आफुलाई दोषी देख्ने भएका कारण उनीहरु पतिको साथमा रहने गर्छन् ।-एजेन्सी