विनायकमा विद्यालय सरसफाई गोष्ठी सम्पन्न

अनलाइन दर्पण 2018-06-07
img

मध्यपुर थिमि स्थित विनायक शिक्षा निकेतन ई सेकेण्डरी स्कुलमा विनायक ईको क्लब, बिनायक शिक्षा निकेतन ई.से.स्कुलको आयोजनामा विश्व वातावरण दिवस–२०१८ को उपलक्ष्यमा विद्यालयको सरसफाईमा विद्यार्थीहरुको उत्तरदायित्व विषयक एक गोष्ठी सम्पन्न भएकाे छ ।

मध्यपुर थिमिका विभिन्न सात ओटा विद्यालयहरु (एक्टिभ स्कुल, आदर्श मा.वि., एड्भान्स एकेडेमी, अमिनटी स्कुल, नवरत्न स्कुल, क्रियटिभ लनर्स र विनायक शिक्षा) का ३५ जना विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा आ–आफ्ना विद्यालयमा रचनात्मक कृयाकलापहरुबारेमा गम्भीर छलफल गरी १० बुँदे संकल्प पत्र पनि जारी गरियो ।

अन्तराष्ट्रिय सरसफाई अभियन्ताद्धय श्री राजमान मावन तथा सुशिला महजर्नको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उहाँहरुले जवसम्म फोहोर जथाभावी नफाली निश्चित ठाउँमा मात्र फाल्ने कार्यको शुरुवात हुँदैन तवसम्म सरसफाई हुँदैन भन्ने कुरामा जोड दिनुभयो । साथै, समृद्ध नेपालको लागि स्वस्थ नेपाली र स्वस्थ नेपालीको लागि स्वच्छ वातावरणको निर्माण हुनुपर्ने कुरामा पनि जोड दिनु भयो ।

अतिथिको मन्तव्य राख्नु हुँदै विनायक शिक्षा निकेतनका संस्थापक प्रिन्सिपल श्री सुरेन्द्र विक्रम प्रजापतिले आफ्नो विदेश यात्राको अनुभव सुनाई विद्यार्थीहरुलाई सरसफाईमा लाग्न अभिप्रेरित गर्नुभयो । क्लबका उपाध्यक्ष सुश्री जेनिशा बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी विद्यालयहरुबाट एक÷एक जना प्रतिनिधि छनौट गरी ईको क्लब अफ मध्यपुर पनि गठन गरियो ।

ईको क्लबका सल्लाहकार श्री तुल्सीहरि प्रजापतिले संचालन तथा सहजीकरण गरिएको उक्त गोष्ठीमा उपस्थित सम्पूर्ण सहभागीहरुलाई क्लबका सह–कोषाध्यक्ष सुश्री कमली थापा मगरले स्वागत गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

Advertisement