अनारको फलमात्रै होइन बोक्रा पनि उत्तिकै लाभदायी

अनलाइन दर्पण 2018-05-19
img

स्वास्थ्यका दृष्टिकोणले अनारदाना निकै लाभदायी मानिन्छ । स्वादका साथै स्वास्थ्का लागि पनि भरपुर लाभदायी मानिने यो फलको गुदी मात्र होइन बोक्रा पनि उत्तिकै लाभदायी हुन्छ ।

हामीमध्ये धेरैले अनारको दाना खाएर बोक्रा फाल्ने गरेको भएपनि यसका फाइदाबारे भने निकै कम नै विज्ञता रहेको छ ।

अनारमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यसले हड्डीको स्वास्थ्यलाई पनि निकै सकरात्मक फाइदा पुर्याएको हुन्छ । दैनिक एक गिलास मनतातो पानीमा २ चम्चा अनारको बोक्राको धुलो मिलाएर सुत्नुअघि पिउँदा यसले हड्डी बलियो बनाउँछ ।

यदि तपाईंको घाँटीमा बारम्बार समस्या उत्पन्न हुन्छ भने अनारको बोक्राको धुलो पानीमा उमालेर पिउने अथवा बोक्रालाई पानीमा उमालेर घाँटी कुल्ला गर्नुहोस् । दैनिक एकपटक यसो गर्नाले तपाईंको घाँटीको समस्या धेरै हदसम्म निराकरण हुन्छ ।

सम्बन्धित समाचार