विवाह गरेको एक वर्ष नपुगेका जोडीले आजदेखि एक महिनासम्म के के गर्न हुदैन ? जानीराखौ

अनलाइन दर्पण 2018-05-15
img

१ जेठ, काठमाडौं । जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । जेठ १ गते साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महिना बुझिन्छ । जेठ ३० गते राति २ बजेसम्म अधिकमासको अवधि रहने समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताए । उनले धर्मशास्त्रमा भनिएअनुसार अधिकमासमा गर्न नहुने कामबारे सुझाव दिएका छन् ।

नव दम्पत्तीले अपनाउनुपर्ने सावधानी :
 

–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच समागम (यौनकर्म) भए पतिको आयु क्षीण हुन्छ ।

–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मदैन । 

–मलमासमा गर्भ रहेर बच्च जन्मिए पनि आयु थोरै हुन्छ । 

–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने पनि धार्मिक मान्यता छ । 

सबैले अपनाउनुपर्ने सावधानी :

–अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महीनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु पनि शुभ होइन । 

–मलमासमा मन्दिर निर्माण र कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि धर्मले मनाही गरेको छ ।  

–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन । 

–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । 

 

 

सम्बन्धित समाचार