म्याग्दी घर भएकी उनका अनुसार १० वर्षको उमेरसम्म उनी दिउँसो देख्ने भए पनि राति देख्दिन थिइन्। बीस वर्ष हुँदा त उनले आफ्ना दुवै आँखाका ज्योति गुमाइन्।
तर उनले हिम्मत हारिनन्। पढ्न छोडिनन् र सङ्घर्ष गरिराखिन् ।
विगत दश वर्षदेखि पढाउन थालेकी उनी हाल बाग्लुङस्थित रुद्रेपीपल माध्यमिक विद्यालयमा अनुदानको कोटामा शिक्षिका छिन्।
उनको एउटा अपेक्षा छ – स्थायी शिक्षक बन्ने।
सङ्घर्ष नै जीवन हो भन्ने मान्यता राख्ने उनी भन्छिन्, “अपाङ्गता भएका व्यक्तिले पनि सहयोग र अवसर पाए अरूले जसरी नै काम गर्न सक्छन्।”-बीबीसी नेपालीबाट
उनी कसरी पढाउँछिन् त?
(भिडिओ: रबिना बोहरा)