काठमाडाैं , २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । पूर्व निर्धारित कार्यक्रमअनुसार मोदी जनकपुरको कार्यक्रम सकेर काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी बस्ने होटल हायातमा गएका छन् । त्यसपछि मोदी गार्ड अफ अनरका लागि सैनिक मञ्च टुँडिखेल जानेछन् ।
शुक्रबार–
–४ः०० बजे गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान
–४ः३५ बजे उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा ।
– ५ः०० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा ।
– ६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने । त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट ।
बैशाख २९ गते शनिबार
–बिहान ६ः०० बजे मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान ।
– ८ः३० बजे मुक्तिनाथमा पूजा ।
– १०ः३० मुक्तिनाथबाट काठमाडौं फिर्ता ।
– १०ः४० बजे विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान ।
–११ः३०– होटल हायात प्रस्थान ।
–२ः००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान ।
–३ः३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान ।