शुल्क बृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनलेअान्दाेलन गर्ने

अनलाइन दर्पण 2018-04-16
img

काठमाडौं , ३ बैशाख ।  निजी विद्यालयहरुले गरेको शुल्क बृद्धि फिर्ता नगरेकोे भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

संयुक्त विद्यार्थी संगठनको सोमबार नेविसंघ केन्द्रीय कार्यालयमा बसेको बैठकले निजी बिद्यालयहरुले  अभिभावकहरुको ढाड सेक्नेगरी कक्षा १ देखि १० सम्म मनोमानी तवरले शुल्क बढाएको विषयमा सरकारको ध्यानाकार्षण गराएपनि कुनै सुनुवाई नभएको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन। बैठकले शुल्क वृद्धि,सरकार र बिद्यार्थीविच बारम्बार भएका सहमतिबिरुद्ध भएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

विद्यार्थीहरुले नीजि विद्यालयले मनोमानी रुपमा सहमतिविपरित शुल्क बृद्धि गर्दा पनि सरकार मौन रहेकोमा आपत्ति समेत जनाएका छन् । विद्यार्थीहरुले बढेको शुल्क तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

सोमबारको बैठकले तत्कालका लागि  बैशाख ४ गते प्रधानमन्त्रीलाई शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने र  बैशाख ५ गते पद्मोदय स्कुलमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

बैठकमा नेविसंघका अध्यक्ष नैन सिंह महर, अखिलका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङ लगाएत ९ बिद्यार्थी संगठनको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार

Advertisement