तम्घास । नेपाली कांग्रेस गुल्मीका नेताहरुले जिल्लाका सबै वडामा पुग्ने अभियान सुरु गरेको छन्। नयाँ वर्ष २०७५ को अवसर पारेर शनिबारदेखि सुरु गरेका हुन् । यो अभियान अन्तर्गत पार्टीका नेताहरु पार्टीको प्रतिनिधिका रुपमा जिल्लाका ९३ वटै वडामा पुग्ने नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
५० दिनसम्म चल्ने अभियान अन्तगर्त तेश्रो हप्ता अर्थात वैशाख १५ देखि २१ गतेसम्म नेताहरु हरेक वडाका दलित बस्तीमै बास बस्नेछन् । यो क्रममा दलित समुदायकै घरमा बस्ने उनीहरुसँगै खाने र उनीहरुलाई काम गर्न सघाउने सभापति श्रेष्ठले बताउनुभयो ।