नगरप्रमुख र उपप्रमुखले एकैदिन छुट्टाछुट्टै कार्यक्रम गरेर मनाए नगरपालिको २१ औं  र २२ औं स्थापना दिवस

अनलाइन दर्पण 2018-03-28
img

भक्तपुर, १४ चैत  । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा गत बैशाखमा सम्पन्न स्थानीय तहकाे निर्वाचनबाट दुर्इ फरक दलका नगरप्रमुख र उपप्रमुख हुदाँ राजनितिक कारणले गर्दा काम भन्दा विवाद धेरै हुने गरेको छ ।

बुधबार नगरपालिको स्थापना दिवस नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र उपप्रमुख अन्जनादेबि मधिकर्मीले छुट्टाछुट्टै कार्यक्रम गरेर मनाए ।

बिहान नगरपालिकाकी उपप्रमुख मधिकर्मीले नगरपालिका कार्यालयको प्राङगणमानै पत्रकार सम्मेलन गरेर नगरप्रमुख  श्रेष्ठ मनोमानी ढंगले अगाडि बढेको र स्थापना दिवस मनाउने विषयमा कुनै छलफल नगरको आरोप लगाइन् ।

उपप्रमुखले यसो भनिरहदाँ नगरप्रमुख श्रेष्ठ भने त्यही स्थानको पछाडि बसेर चिया पिउदै आगन्तुकहरूसंग दिउँसो नगरपालिकाले गर्ने कार्यक्रमको निम्तो दिइरहेका थिए । 

प्रमुख श्रेष्ठ नेकपा एमाले र उपप्रमुख मधिकर्मी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उक्त नगरमा कांग्रेसले ६ ओटा वडा सहित बहुमत कार्यापालिका सदस्य जितेको छ ।

अर्को रोचक कुरा त केछ भने उपप्रमुखले २२ औं स्थापना दिवस भनेर बिहान पत्रकार सम्मेलन र कोरिया-नेपाल मैत्री अस्पतालमा बिरामीलाई फलफुल बितरण गरिन् भने नगरप्रमुख श्रेष्ठले मध्यपुरको चपाचोमा दिउँसाे खुल्ला कार्यक्रम गर्दै नगरपालिकाको २१ औं स्थापना दिवस मनाए ।

दुबै स्थानमा उपस्थित संञ्चारकर्मी र सर्वसाधरण समेत अलमलमा परे अाखिर कति औं दिवस हो भनेर ।

उपप्रमुख मधिकर्मीको आरोपः

‘मेयर सापले एकलौटी ढंगबाट अगाडि बढ्नु भो, सहकार्य गरेर कुनै काम गर्न चाहानुनै भएन ।’ आफुलाई मात्र नभएर नगरप्रमुख श्रेष्ठले कार्यापालिका सदस्यहरुको बहुमतकाे सम्मान समेत गर्नु भएन् ।

नगरप्रमुख श्रेष्ठकाे  खण्डनः

मैले बैठक राखेर स्थापना दिवस मनाउने तयारी बारे छलफल गर्दा उहाँहरु बैठकमा आउनुनै भएन् । हाम्रो नगरपालिका २०५३ साल चैत १४ गते स्थापना भएको त्यसैले यो २१ औं स्थापना दिवस हो । ’

याे पनि पढ्नुहाेस्

मध्यपुरमा मदन सुन्दरका १०० दिन

मध्यपुर​, २२ भदौ ।  मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर पदभार सम्हालेपछिको १०० दिनको कार्य प्रगति विवरण बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् ।

श्रेष्ठले २०७४ जेष्ठ ११ गते पदभार सम्हालेपछिको  १०० दिनको कार्य प्रगति विवरण  २० बुँदामा उल्लेख गरेका छन् । जसमध्ये उनले गरेका केही महत्वपूर्ण ५ कामहरु यस्ता छन् ।

१. खानेपानीको वितरणमा सुधार

मध्यपुर थिमि नगर क्षेत्र काठमाण्डौं तथा भक्तपुरमा खानेपानी वितरणको मुहानको श्रोत भएको तर नगरवासीले खानेपानीको अभाव भाेगीरहेकाे अवस्थामा बाेडे खानेपानी प्रशोधन केन्द्रका पदाधिकारीहरु बीचमा छलफल गरी खानेपानी वितरण प्रणालीको कार्यतालिका बनाइ  कार्यतालिका बमोजिम खानेपानी वितरण गर्ने कार्य गरे । फलस्वरुप हालका दिनमा नगर क्षेत्रमा खानेपानी वितरण प्रणालीमा सुधार आएको महसुश नगरवासीले गर्न थालेका छन् । 

२.  साँस्कृतिक अभियान शुरु

हाम्रो कला, हाम्रो संस्कृति, मध्यपुर थिमि, हाम्रो सम्पत्ति लाई संस्थागत गर्न नगरपालिका क्षेत्र भित्रको ऐतिहासिक, धार्मिक, साँस्कृतिक जात्रा, पर्व एवम् सम्पदा लगायतका अमुर्त संस्कृतिको संरक्षणका लागि अक्षय कोष स्थापना तथा सञ्चालनको कार्यविधि निर्माण गर्न एक कार्यदल गठन गरे । परिणाम स्वरुप  विगत लामो समय देखि सञ्चालनमा नरहेका मध्यपुर थिमिका ऐतिहासिक जात्रा, नाच, कला संस्कृति जस्तै १३ वर्ष देखि सञ्चालनमा नभएको मयुर नाच, ११ वर्ष देखि रोकिएको जिव्रो छेड्ने जात्रा (वालकुमारी भाद्र २१), २५ वर्ष देखि प्रदर्शनमा नआएको वाननीको महाकाली नाच (भाद्र २१ देखि २४ सम्म), १९ वर्षदेखि प्रर्दशनमा नआएको सलाचा नाच आदि सञ्चालनमा अाएको छ । 

३.  घरदैलोमा नै भत्ता 

बिभिन्न ८ वटा वैंक मार्फत नगरपालिका क्षेत्र भित्र वितरण भई रहेको सामाजिक सुरक्षा भत्ता प्रत्येक चौमासिकमा एक दिन अशक्त, विरामीका लागि लक्षित गरी घरदैलोसम्म नै भत्ता वितरण गर्ने ब्यवस्था गरे  । यसमा नगरपालिका र सम्वन्धित वैंकबाट लागत साझेदारी गरिएकोछ ।

४. फोहोर व्यवस्थापन

नगरपालिकामा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन १ वटा फोहोर संकलन गर्ने सवारी साधन, १ वटा जेटिङ्ग मेसिन (ढल खोल्ने सवारी साधन) खरिद गरी सञ्चालनमा ल्याइनुका साथै नगरपालिका भित्रको नगर पूर्वाधारलाई ब्यवस्थित गर्न १ वटा ब्याको (डोजर) समेत खरिद गरे । स्वच्छ र सफा शहर: नगरवासीको रहरू नारालाई सार्थक बनाउन वडागत रुपमा नै सरसफाई विशेष अभियान सञ्चालन गर्न  नगरपालिकाको श्रोतमा नै कुहिने र नकुहिने फोहोर संकलनका लागि छुटृा छुटृै वाल्टिन वितरण गरी फोहोरको बैज्ञानिक व्यवस्थापन गर्ने कार्ययोजनाको तयारी अन्तिम चरणमा पुगेको छ । फोहोर संकलन मात्र नभई यसको समुचित बैज्ञानिक व्यवस्थापन गर्दै यसलाई जग्गा विकास  कार्यक्रमसँग आवद्ध गर्ने र यस नगर क्षेत्रको फोहोर नगरक्षेत्र भित्रै ब्यवस्थापन गर्ने  सार्थक बनेकाे छ ।

५.  नगद लागत सहभागिताको सट्टामा जनश्रमदान 

नगरपालिकाबाट सञ्चालन हुने योजनामा उपभोक्ता समितिको कार्यलाई प्रभावकारी र नतिजामुखी बनाउन उपभोक्ता समिति सञ्चालन निर्देशिका, २०७४ को मस्यौदा तयार गरिएको छ । उक्त मस्यौदामा उपभोक्ता समितिको गठन र कार्यसञ्चालनमा निर्वाचित जनप्रतिनिधिहरुको भूमिकालाई सहजकर्ता र अनुगमन कर्ताको रुपमा रहने कार्यगत ब्यवस्था मिलाइएको छ । विगतमा २० प्रतिशत उपभोक्ता समितिको कार्यमा नगद लागत सहभागिता गर्नुपर्ने ब्यवस्थाको सटृामा २० प्रतिशत जनश्रमदान गर्न सक्ने प्रवन्ध मिलाइएको छ ।

सम्बन्धित समाचार

Advertisement