गाई काटेको आरोपमा ७० वर्षीय वृद्धसहित ४ जना पक्राउ

अनलाइन दर्पण 2018-03-24
img

कपिलवस्तुको विजयनगर गाउँपालिका – ४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  रातिको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीय ७० वर्षीय हुमबहादुर रानालाई झण्डै ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको थियाे ।

राना पक्राउ परेको एक दिनपछि गाई काट्नमा सहयोग गरेको भन्दै त्यहि गाउँबाट शनिबार अन्य तीनजनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शनिबार पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिनुभयो । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

Advertisement