मोटरसाइकल दुर्घटनामा घाईते रावलको अस्पतालमा निधन

अनलाइन दर्पण 2018-03-22
img

यज्ञराज उपाध्याय / कैलाली (गणेशपुर),९ चैत । कैलालीको लम्की चुहा नगरपालिका २ गणेशपुरमा बिहीवार साँझको ६ : १५ मा दुईवटा बिपरित दिशाबाट आईरहेका मोटरसाइकल एकआपसमा ठक्कर खाँदा घटनास्थलमा गम्भीर घाईते भएर कोहलपुर अस्पताल रिफर गरिएका टीकापुर १ का नेत्र रावलको निधन भएको छ ।

पुर्वबाट पश्चिम तर्फ गइरहेको से ५ प ४८०३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ गइरहेको से २ प ७९८१ को गाडी लम्की चुहा २ गणेशपुर नजिक ठक्कर खाँदा दुबै मोटरसाइकल दुर्घटनाग्रस्त भएका थिए । दुर्घटनामा परेर ज्यान बर्दियाको गेरुवा गाउँपालिका २ का शिवराज बोगटीको घातनास्थल मै ज्यान गएको थियो अरु दुई जना घाईते भएका थिए ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख टीका कार्कीले दिएको जानकारी अनुसार घटनास्थलमा गम्भीर घाईते भएर कोहलपुरअस्पतालमा  रिफर गरिएका नेत्र रावलको साँझ ९ बजे नै ज्यान गएको थियो । उनी अन्दाजी २५ बर्षका रहेको प्रहरीको अनुमान छ ।

घाईते हुनेमा से २ प ७९८१ मोटरसाइकलका चालक बेलौरी कञ्चनपुर बस्ने दिपक चौधरी र त्यही मोटरसाइकलका सवार आशाराम चौधरी रहेका छन । घाईते दिपक चौधरीको टाउकोमा गहिरो चोट लागेको छ अर्का आशाराम चौधरीलाई भने सामान्य चोट लागेको छ । कोहलपुर अस्पतालमा निधन भएका रावललाई राती नै टीकापुर ल्याईएको थियो । अर्का बर्दियाका मृतक शिवराज बोगटीका परिवारहरु समेत टीकापुर आइसकेको कार्कीले बताएका छन ।

सम्बन्धित समाचार

Advertisement