इतिहासकै सफल मानिएका एमाले भक्तपुरका अध्यक्ष राजथलाको राजीनामा, बिरासत जोगाउने जिम्मा अब देउजाको काधमा 

अनलाइन दर्पण 2018-03-22
img

भक्तपुर । नेकपा एमाले भक्तपुरको इतिहासमै सफल मानिएका जिल्ला कमिटीका अध्यक्ष राजेन्द्र राजथलाले पदबाट राजीनामा दिएपछि कमिटीका उपाध्यक्ष बचन देउजा कार्यवाहक अध्यक्षमा चयन भएका छन ।

बुधवार बिहान सुर्यविनायकस्थित पार्टी कार्यालयमा बसेको एमाले जिल्ला कमिटिको बैठकले अध्यक्ष राजथलाको राजीनामा स्वीकृत गर्दै उपाध्यक्ष देउजालाई कार्यवाहक अध्यक्षमा सर्वसम्मतरूपमा चयन  गरिएको एमाले जिल्ला कमिटी सदस्य एबम् प्रचार विभाग सदस्य श्याम बस्नेतले जानकारी दिए।

अध्यक्ष राजथलाले स्वेच्छाले राजीनामा दिएकाे र पार्टीभित्र नेतृत्वको बिषयमा कुनै बिबाद नभएपछि देउजा अध्यक्षमा चयन भएको नेता बस्नेतले बताए।

निवर्तमान अध्यक्ष राजेन्द्र राजथलाको नेतृत्वमा एमालेले भक्तपुरमा राम्रो संगठन बिस्तार गर्न सफल रहेको थियो । 

स्थानीय तहमा ४ नगरपालिका रहेको भक्तपुरमा भक्तपुर नगरपालिका बाहेक ३ वटै नगरपालिकामा एमालेले मेयर सहित बहुमत स्थानमा जीत हासिल गरेकाे थियाे भने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा पनि २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये १ स्थानमा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये ३ स्थानमा  जीत हासिल गर्न सफल भएपछि अध्यक्ष राजथलाको नेतृत्व ऐतिहासिक रुपमै सफल भएको मानिएको छ ।

राजथलाको बिरासत जोगाउने जिम्मा अब देउजाको काधमा आइपुगेको छ । नेकपा माओबादी केन्द्र संग एकताको नजिक आइरहदा नेतृत्वमा आएका देउजाले कार्यकतालाई एकताबद्ध बनाएर लैजाने चुनौतीसमेत सामना गर्नुपर्ने छ ।

सम्बन्धित समाचार

Advertisement