५ नम्वर प्रदेशबाट पहाडका जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधनको प्रस्तावको बिरोधमा आन्दोलनको ८औं दिन आज विरोधसभालाई सम्वोधन गर्दै संयुक्त जनअन्दोलन परिचालन समिति गुल्मीको संयोजक रहेका कांग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले आफ्ना नेता शेरबहादुर देउवालाई कडा चेतावानी दिएका छन् ।
सभालाई संबोधन गर्दै उनले भने, शेरबहादुर देउवाज्यू सचेत रहनुहोस्, हामी कांग्रेसको चारतारे झण्डा तोडेर पनि लड्नेछौं । यो हाम्रो कुनै पार्टी विशेषको लडाई होईन । हाम्रो माटोको लडाई हो ।
उनले थापे जनभावान विपरित गए काँग्रेस हिजोको प्रजा परिषद पार्टी जस्तै विलय हुन सक्छ । हजारौ जनता सडकमा उत्रेर चिच्चाउँदा पनि नसुन्ने यो सरकार वहिरो हो र अन्धो पनि हो । अहिले गरिएको आन्दोलन ईतिहाँसकै सवै भन्दा ठुलो आन्दोलन हो । ५ नम्वर प्रदेश अन्तर्गत १२ जिल्लाको आन्दोलनको नेतृत्व अव गुल्मीले गर्छ ।
त्यस्तै नेकपा एमालेका कार्यवाहक अध्यक्ष कृष्ण पन्थले पनि प्रशासनलाई कडा चेतावानी दिए ।
सभामा माओवादी केन्द्रका नेता निमबहादुर पाण्डेले तराई जिल्लाबाट पहाडी जिल्ला छुटाउन खोजिए आन्दोलन नछाड्ने उद्घोष गरे ।
८ औं दिन सिठ्ठी जुलुस निकालेर सरकारलाई व्यङ्गय गरिएको थियो । भोली थाल जुलुस निकाल्ने र प्रशासन कार्यालय भित्र विहान ९ वजे देखि सिडियो र अन्य कर्माचारी छिर्न नदिईने लगायतका कार्यक्रम रहेको जनाईएको छ ।