यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसित तमाम रोगको औषधी छ । अनारको यही उपयोगिता कारण ‘एक अनार सय बिमार’ भन्ने भनाइ प्रचलनमा छ।
स्वास्थ्यका दृष्टिले यो निकै महत्त्वपूर्ण फल हो । स्वास्थ्यवर्धक गुणकै कारण यो हरेक रोगमा सेवन गरिन्छ । यसको नियमित सेवनले बुढो हुने प्रक्रिया पर सर्ने विश्वास गरिन्छ । अनारमा प्रचुर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ ।
एक सय ग्राम अनार खाँदा हाम्राे शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ । यसको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउनसमेत गरिन्छ ।
अनारमा रक्त सञ्चारसम्बन्धी रोगसँग जुध्ने क्षमता हुन्छ । यसले रक्तचाप घटाउँछ, सुन्निएको वा पोलेको अंगलाई बिसेक गर्छ, बाथ रोगको सम्भावना कम गर्छ । क्यान्सर रोकथाममा समेत यो फल सहयोगी मानिन्छ ।
अनारले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्व बढाउँछ । यो गुणकारी फलबारे दुई सयभन्दा बढी अध्ययन/अनुसन्धान भएका छन् ।
इजराइलस्थित हाइफा विश्वविद्यालयका प्रा. एप|mाइम लास्कीले यो फलमा पाइने उपयोगी तत्त्वले शरीरको रोग प्रतिरोधी प्रणाली रक्षा गर्छ भनेर प्रमाणित गरेका छन् ।
उक्त अध्ययन अनुसार यसमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्टले रुघाखोकी, पmलुमा प्रत्यक्ष अनुभव गर्न सकिने किसिमले आराम पुर्याउँछ ।
अनारले छाला, स्तन र प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूले उल्लेख गरेअनुसार यसको रसको सेवनले वृद्घावस्थामा हुने रोग अल्झाइमरको जोखिमसमेत कम पार्छ ।
वैज्ञानिकहरूले अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणा बढी पालिफेलोन जस्तो एन्टिअक्सिडेन्ट पाएका छन् जसले पि|m र्याडिकल्सलाई बाँध्ने काम गर्छ ।
प्रयोगहरूअनुसार एक वर्षसम्म अनार सेवनपछि ‘आर्टेरियोस्क्लेरासिस’ अर्थात् धमनीसम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घट्यो ।
यस्तै उच्च रक्तचाप २१ प्रतिशतसम्म तल आयो र हृदयनजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाहमा तीन महिनामै १७ प्रतिशतसम्म सुधार देखियो । -श्राेत अनलाइन डक्टर्स