वाम एकतामा अल्झन

अनलाइन दर्पण 2018-02-07
img

काठमाडौँ, २५ माघ। प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि एमाले र माओवादीले निर्वाचन सकिएलगत्तै पार्टी एकता हुने दावी गर्दै आएका थिए । 

तर चुनाव सकिएको झन्डै दुई महिना बितिसक्दा पनि दुई दलको एकता प्रक्रियामा अपेक्षित प्रगति भएको छैन । आजको कान्तिपुरमा  खबर छ । 

वाम गठबन्धनका दुइ दल एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवार र प्रादेशिक सरकारको स्वरुपसम्बन्धी पद बाँडफाँटको सुत्र तयार गरेका छन् । 

तर दुई पार्टीको केन्द्रिय तहमा हुने एकताको भने प्रारम्भिक खाकासमेत तयार हुन सकेको छैन । 

एकताको पुस्तनामा पदीय लेनदेन र सैद्धान्तिक विषयले अल्झन् थपेको छ । एकतापछि पार्टी अध्यक्ष को हुने भन्नेमै समझदारी बन्न सकेको छैन ।

सम्बन्धित समाचार