‘प्रधानमन्त्रीकाे भारत भ्रमण अर्थहीन' : एमाले अध्यक्ष ओली

अनलाइन दर्पण 2017-08-25
img

काठमाडौँ, ९ भदौ । नेकपा एमालेका अध्यक्ष एबं पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अर्थहीन भएको बताएका छन्।

नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान गर्नु अघि अध्यक्ष ओलीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले देशकै शीर निहुराएको पनि दाबी गरे ।

देउवाले भारतमा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको बताएका छन् । उनले भने,‘प्रधानमन्त्री देउवाले भारतको ५ दिवसीय भ्रमणका क्रममा ‘नेपालको संविधान संशोधन’ को पुनः प्रयास गरिने अभिव्यक्तिले नेपालको स्वाभिमानमा आँच पुर्याएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार संयुक्त पत्रकार सम्मेलनका बेला देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्वीकार्यता बढाउन संशोधनको पुनः प्रयास गरिने बताएका थिए ।

सम्बन्धित समाचार