काठमाडौं, ६ भदौ । राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक संसदमा बिचाराधीन अवस्थामा रहे पनि सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव घाेषाणा गरेकाे छ ।
सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी १० मंसिरमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहानको बैठकले चुनावको मिति घोषणा गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतकाे अनुसार १० मंसिरमा दुवै तहको चुनाव हुनेछ ।
स्रोतका अनुसार चुनावमा दुई वटा मतपत्र हुनेछन् । एउटामा प्रत्यक्षतर्फ प्रदेशसभा र संसदका लागि मतदान हुनेछ । यस्तै, अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संसदका लागि मतदानको व्यवस्था मिलाइने छ ।