खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई निर्वाचित

अनलाइन दर्पण 2026-03-08
img

काठमाडौँ- खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई निर्वाचित भएका छन्। राईले १६ हजार ६१२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देव विक्रम राईले १२ हजार ७१४ मत ल्याए। 


त्यसैगरी, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपली कम्युनिष्ट पार्टीका हरि रोकाले ९ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७०४ मत ल्याएका छन्।

सम्बन्धित समाचार

Advertisement