शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नयाँ कार्यकारी निर्देशक नियुक्त

अनलाइन दर्पण 2025-11-19
img

भक्तपुर, ३ मंसिर २०८२ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ नियुक्त भएकी छन्।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ समेत रहेकी डा. कल्पना हाल केन्द्रकी निमित्त निर्देशकका रूपमा काम गरिरहेकी थिइन्। अघिल्ला कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ सेवानिवृत्त भएपछि उक्त पद खाली भएको थियो। अस्पतालकै चिकित्सकलाई कार्यकारी निर्देशक नियुक्त गर्नुपर्ने माग सरकारले सम्बोधन गरेसँगै डा. कल्पनालाई जिम्मेवारी दिइएको हो।

डा. पुकारले सुरु गरेको लोकप्रियता र केन्द्रलाई सुविधासम्पन्न स्थानमा स्थानान्तरण गर्ने प्रक्रियालाई अघि बढाउनु डा. कल्पनाका लागि प्रमुख चुनौती रहने बताइएको छ। चिकित्सक तथा कर्मचारीबीच मनपराइएकी उनी कार्यकारी निर्देशकका रूपमा पनि सफल हुने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार