गलत सूचना फैलाउने दुई पत्रकारलाई जेल सजाय

अनलाइन दर्पण 2021-06-03
img

काठमाडौं, २० जेठ । गलत समाचार फैलाएको आरोपमा म्यानमारको सेनाले दुई पत्रकारलाई जेल सजाय दिएको छ । म्यानमारमा भइरहेको सेनाविरुद्धको प्रदर्शनलाई दबाउने क्रममा सेनाले पत्रकारहरुलाई जेल हालेको हो ।

बुधबार म्यानमारको दक्षिणी म्याइकमा रहेको सैन्य अदालतले औङ क्याव र जा जा लाई दुई वर्षको जेल सजाय सुनाएको हो । गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेपछि पत्रकारद्वयले गरेको रिपोर्टिङको कारण देखाउँदै उनीहरुलाई जेल सजाय सुनाइएको हो ।

म्यानमारमा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै ‘कू’ गरेसँगै निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रदर्शनको क्रममा अहिलेसम्म ८४१ जनाको मृत्यु भइसकेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले बताएको छ ।

म्यानमारमा सेनाले ‘कू’ गरेपछि अहिलेसम्म ८७ पत्रकार पक्राउ परिसकेका छन् भने ५१ पत्रकार अझै पनि हिरासतमा छन् ।

सम्बन्धित समाचार

Advertisement